
Defidil.com के हो?
डेफिडिल यस्तो यौटा प्लेटफर्म हो, जहाँ बिजनेस गर्न चाहाने हरेक नेपालिले मेसिनरी र कच्चापदार्थ लगायत सबै समान सुपथ मुल्यमा किन्न पाउनेछन र आफ्नो उत्पादन पनि सजिलै बेचबिखान गर्न पाउनेछन।
हाम्रो मिसन
नेपालमा असिमित मात्रामा बिक्रेता र खरिदकर्ता छन, तर सम्बन्धित व्यापारी र ग्राहक एक आपसमा जोडिन समस्या भइरहेको छ। त्यसैले डेफिडिल कम्पनिले ब्यावसायिक क्षेत्रमा काम गर्ने हरेक ब्यक्तिलाइ एउटै प्लेटफर्ममा जोड्नेछ। यसो गर्दा जुनसुकै बिजनेसको लागि पनि समान किन्न र बेच्न सहज बातावरण सृजना हुनेछ। हामी डेफिडिल टिमले हरेक क्रेता र बिक्रेतालाइ एउटाइ प्लेटफर्ममा जोडेर सबैको बिजनेसमा हेल्प गर्न चाहान्छौ।
डेफिडिल नै कि ?
डेफिडिल कम्पनिमा नेपालमा चल्ने प्राय सबै किसिमका समान होलसेल रेटमा उपलब्ध हुन्छन। नेपालभरी भएका सबै ब्यापारिहरुले यहाँ सिधै कस्टमरसङ्ग कारोबार गर्न सक्नेछन, यसो गर्दा बिक्रेता र ग्राहक दुबैको समयको बचत र बेक्रेताहरुको मार्केटिङ खर्च कम हुनेछ। त्यसैले ब्यावसाय शुरु गर्नको लागि आवस्यक श्रोत र आफ्नो ब्यावसायसङ्ग सम्बन्धित ग्राहक खोज्नको लागि सबैको लागि डेफिडिल नै उपयुक्त हुनेछ। यसकारण हरेक ब्यापारिको लागि Defidil.com सबैभन्दा राम्रो बिकल्प बन्नेछ।
Defidil.com ले हरेक ब्यापारिलाइ कसरी सहयोग पुर्याउछ?
नेपाल एउटा भुपरिबेस्टित देश भएकोले यहाँ तेश्रो मुलुकबाट समान आयात गरेर व्यापार गर्न ठूलो समस्या भइरहेको छ। यहि समस्यालाइ मध्यनजर गर्दै डेफिडिल कम्पनिले बिदेशी कम्पनिसङ्ग कारोबार गर्ने विभिन्न कम्पनिसङ्ग सिधै सम्पर्क गरेर सहज उचित मुल्यमा हरेक नेपाली ब्यावसायिसामु सहज र उचित मुल्यमा पुर्याउने काम गर्छ।यसका साथै डेफिडिल कम्पनिले नेपालमा उत्पादन भएका समान सम्बन्धित ब्यापारिसामु होलसेल रेटमा पुर्याउने काम गर्छ। यी सबै कुरा समेटेर एउटै शब्दमा भन्नुपर्दा डेफिडिल कम्पनिले नयाँ तथा पुराना प्रत्यक नेपाली ब्यापारिलाइ अगाडि बढ्न सहयोग पुर्याउने छ।
Defidil.com को स्थापना कसरी भयो ?
बिजनेसको अर्थ साधारण भाषामा भन्ने हो भने पहिला आफुले किन्ने अनि फेरि आफ्नो ग्राहकलाइ बेच्ने गर्नु हो। यसरी बेच्ने क्रममा जे जति मार्जिन राख्छौं हामी त्यसलाइ फाइदा भन्ने गर्दछौं। हरेक ब्यापारीले आफ्नो ब्यावसायको लागि चाहे श्रम होस या समान केही न केही किन्नै पर्ने हुन्छ, अनि त्यसलाइ आफ्नो मार्जिन राखेर सम्बन्धित ग्राहकलाइ बेच्नुपर्ने हुन्छ। तर आफ्नो बिजनेसको लागि चाहिने श्रोत र साधन सजिलै पाइएन भनेपनि बिजनेस गर्न गार्हो हुन्छ अनि आफ्नो उत्पादन वा सेवा सजिलै बेच्न पाइएन भनेपनी बिजनेसमा टिक्न गार्हो हुन्छ।
नेपालमा राम्रोसङ्ग हेर्ने हो भने जुनसुकै बिजनेसको लागिपनी श्रोत जुटाउन पनि उत्तिकै गार्हो छ र बेचबिखान गर्न पनि उत्तिकै गार्हो छ। जसकारण 20% भन्दा धेरै ब्यापारिहरु बिजनेश शुरु गरेको केही महिनामै सबै लगानी डुबाएर बैदेशिक रोजगारिमा हिडेको देखिन्छ। यहाँ बेच्ने को पनि कमि छैन र किन्नेको पनि कमि छैन, यदि कमि थियो भने यस्तो एउटा प्लेटफर्मको कमि थियो जहाँ हरेक व्यापारी र ग्राहक सिधै कारोबार गर्न सकुन।
नेपालको ब्यावसायिक क्षत्रमा भएको यो यौटा समस्या हल गर्नको लागि 3 जनाको टिमको सहकार्यमा डेफिडिल कम्पनिको शुरुवात भयो जुन टिमले यो भन्दा पहिला पनि नेपालमा 2 ओटा कम्पनी सन्चालन गर्दै आएका थियौं। प्रोपाइटर सुजन पोख्रेल, CEO हिरालाल पण्डित र मेनेजर राजिब पण्डितको सहकार्यमा सुरु भएको यो कम्पनिमा हामी हरेक नेपाली ब्यावसायिलाइ जोडेर अगाडि बढ्ने अठोट गरेकाछौ।
Products for sale
Sellers Active on Defidil
Buyers Activie on Defidil
Annual gross merchandise sales
Meet Our Leaders

Sujan Pokhrel
CEO Founder